Monday, February 15, 2010

एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो :
" हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?
स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि ।


एउटा बच्चा एउटा किताब एकदम ध्यान दिएर पढि रहेको थियो जसको शिर्षक थियो " बच्चाहरुको पालन पोषण कसरी गर्ने "
आमा : हैन तैले यो किताब किन पढ्दै छस ?
छोरो : म यो जान्न चाहन्छु कि मेरो पालन पोषण राम्रो सँग भई रहेको छ कि छैन भनेर ।


एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ ।
कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त
साहुजी : ल यो लिनुहोस् राम्रो छ
कन्जुस : कती पर्छ यसको ?
साहुजी : ५००
कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।


एउटा चोर एउटा धनी मान्छेकोमा चोरी गर्न गएछ । सेफमा यो लेखेर टासिएको थियो " सेफ फुटाउनु जरुरी छैन , ४५२ नम्बर थिचेर अगाडिको रातो बटन प्रेस गर्‍यो भने सेफ आँफै खुल्नेछ । जब त्यो चोरले बटन दबायो अर्लाम बज्यो र पुलिस आएर त्यो चोरलाई समातेर लग्यो ।
जादा जादै चोरले त्यो साहुजीलाई भन्यो " आज बाट मलाई मान्छेहरु सँग विश्वाश हरायो । "


स्वास्नी : हिजो तपाईं धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो , यसरी पनि पिउनु हुन्छ ?
लोग्ने : के गर्नु सबै गलत संगतको असर हो , ४ जना साथी १ बोटल रक्सी , ३ नै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।


राम : डाक्टरले मलाई च्यालेन्ज गरेको थियो कि एक महिना भित्र मलाई आफ्नो खुट्टामा उभ्याइ दिनेछ ।
श्याम : हो र अनी के उसले साचै सक्यो त यस्तो गर्न ?
राम : अ , उसको बिल तिर्नको लागि मलाई आफ्नो कार बेच्नु पर्‍यो ।


एउटा साथी अर्को सँग : यार तिमीले झुठ समात्ने मेसिन देखेको छौ ?
अर्को साथी : देखेको मात्र हैन मेरो घर मै छ
साथी : हो र ?
अर्को साथी : हो नि मैले त्यही मेसिन सँग त बिहे गरेको छु ।


लोग्ने : तिमीसँग बिहे गरेर मलाई एकदम फाईदा भएको छ ।
स्वास्नी :( खुशी हुँदै ) हो र कसरी नि ?
लोग्ने : मलाई मैले गरेको पाप को सजाए म जिउदो हुँदै पाई रहेको छु नि त ।


पुलिश :( डाँकालाई ) भोली बिहान ५ बजे तिमीलाई फासी दिईनेछ ।
डाँका : हा हा हा
पुलिश : ओए किन हाँस्दै छस ?
डाँका : किन भने म त बिहान ८ बजे सम्म सुतिरहेको हुन्छु ।


एउटा बच्चा धेरै बेर देखी एउटा ढोकाको बाहिरको घन्टीको बटन थिच्ने कोशीस गर्दै थियो तर सकिरहेको थिएन । एउटा बुढा मान्छेले यो देखेछ र बच्चाको अगाडि आएर सोधेछ ।
बुढा : बाबु तिमी के गर्दै छौ ?
बच्चा : अंकल यो घन्टी बजाउन चाहन्छु ।
बुढा (घन्टीको बटन थिच्दै) : ल बाबु मैले बजाइदिए, अब के गर्नु ?
बच्चा : अब भागौ .......
0 COMMENT (आफ्नो कमेन्ट दिन यहाँ क्लिक गर्नु होला)
Labels:

केही रमाइला नेपाली चुटकिलाहरु
३ जना गफाडीबच्चाहरु गफगर्दा
पहिलो बच्चा:-यार हाम्रो बा ले हलो जोत्यो भने धर्तिनै फाट्छ यार।
दोस्रो बच्चा:- तेरो बाउ त के हो र हाम्रो बा ले त प्लेन उडायो भने आकास नै फाट्छ्।

तेस्रो बच्चा:- तिमीहरुको बाउ त के हो र, हाम्रो बा ले त झन् पादयो भने कट्टुनै फाट्छ

।शिक्षक : चोरिको फल एकदम नराम्रो हुन्छ त्यसैले कहिले पनि चोरी नगर्नुरामले बिचमै उठेर भन्यो तर सर हिजो मैले एउटा स्याउ चोरेर खाएको थिए त्यो त एकदम मिठो थियो त ।

रामलाई उसको साथीले सोध्यो , तिमीलाई थाहा छ A/C चलाऊदा कोठाको झ्याल र ढोकाहरु किन बन्द गरिन्छ ?\
राम : किन थाहा नहुनु , बाहिरको मान्छेहरुले A/C को आनन्द नलिउन भनेर नि ।

एउटा पत्रीकाको सम्पादकले हिम्मत गरेर यो समाचार छापेछ कि हाम्रो देशको ५० प्रतिशत नेताहरु भष्टाचारी छन । भोली पल्ट देखी त्यो सम्पादकलाई फोनमा धम्की आउन थालेछ कि तैले छापेको समाचार सच्याउने भए सच्या नत्र राम्रो हुने छैन भनेर , सम्पादकले पनि हुन्छ म भोलिको पत्रीकामा उक्त समाचार सच्याएर प्रकाशित गर्नेछु भनेछ , भोली पल्टको पत्रीका मा समाचार छापियो " हाम्रो देशका ५० प्रतिशत नेताहरु भष्टाचारी छैनन

"एउटा टुरिस्ट नेपाल भ्रमण गर्न आएछ , उसले एउटा नेपाली गाईड राखेछ र घुम्न गएछ । उनिहरु घण्टाघर नजिक पुगेछ र टुरिस्टले गाईडलाई सोधेछ " यो घण्टाघर बनाउन कती समय लाग्यो ?
गाईड : ५ बर्षटुरिस्ट : नेपालीहरु त साह्रै अल्छि रहेछन , हाम्रोमा भए त यो २ बर्षमा बन्ने थियो ।रानीपोखरी देखे पछि फेरीटुरिस्ट : यो पोखरी बनाउन कती समय लागेको थियो नि ?गाईड : यो त १ बर्ष मै बनाइ सकिएको थियो ।टुरिस्ट : तिमीहरु साह्रै अल्छि रहेछौ हाम्रोमा भए त यो ५ महिनामा बन्ने थियो ।घुम्दा घुम्दै उनिहरु धरहरा नजिक पुगेछनटुरिस्ट : यो धरहरा बनाउन कती समय लागेको थियो निगाईड : खै थाहा भएन, हिजो सम्म त यो यहाँ थिएन ....प्रेमी – हैन ! तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्नु हुन्न ?प्रेमीका – अहँ ! गर्नु हुन्न तर आमाले चाँहि साह्रै गाली गर्नु हुन्छ ।प्रेमी – बुवाले चाँहि केही नभन्ने अनि आमाले चाँही किन त्यती धेरै गाली गर्ने नि ?प्रेमीका – आमा आफ्नो लुगा अरुले लगाको मनै पराउनु हुन्न ।प्रेमीका – तिमी बिहे पछि चुरोट पिउन छोड्छौ ?प्रेमी – किन नछोड्नु अवश्य पनि छोड्छु ।प्रेमीका – रक्सी र तास नि !प्रेमी – त्यो पनि छोड्छु ।प्रेमीका – बिहे अघि चाँहि के के छोड्ने विचार गरेको छौ नि !प्रेमी – तिमीलाई !प्रेमीका – तिमी नभएमा म बाँच्न सक्दिन तिमी म संग कहिले बिहे गर्छौ ?प्रेमी – प्रिय म तिमीसंग अवश्य विहे गर्छु तर पहिले मलाई अफ्नो परिवार संग सोध्नु पर्छ।प्रेमीका – के तिम्रो बुवा–आमाले मान्नु हुन्छ त ?प्रेमी – किन नमान्नु मेरो बुवा – आमाले मेरो निजी जिवनमा चासो गर्नु हुन्न । मलाई त मेरो श्रीमती र छोराको पो डर छ त !शिक्षिका(रामलाई): भन त आज तिमीले के राम्रो काम गरेउ ?राम : मिस हामी ४ जना मिलेर आज एउटा बुढी महिलालाई सडक पार गरायौंशिक्षिका : ओहो यो त साह्रै रामो काम गरेउ त तिमीहरुले तर एउटा महिलालाई सडक पार गराउन ४ जना किन नि ?राम : किनभने त्यो महिला सडक पार गर्न चाहीरहेको थिईन नि तश्याम : राम तिमीलाई पौडी खेल्न आउछ ?राम : अहँ आउँदैनश्याम ( खिसी उडाउदै ): तिमी जत्रो त कुकुरले पनि पौडी खेल्न जाँन्दछ ।राम : तिमीलाई पौडी खेल्न आउछ त ?श्याम ( गमक्क फुल्दै ): आउछराम : त्यसो भए तिमी र कुकुरमा के फरक भयो त ?बैँक लुटी सकेर लुटेराहरुले बैँकको क्यासियरलाई पनि सँगै लान खोजेछक्यासियर : बैँक त लुटेए सक्यौ , अब मलाई किन साथै लान लागेको ?लुटेरा : अब यत्रो धेरै पैसा तेरो बाउले गन्छ त ?गीता : सिता अब म महेश सँग बिहे गर्न सक्दिनसिता : किन तिमीले महेशलाई कुनै अर्कै केटी सँग देख्यौ कि ?गीता : होइन महेशले चाँही मलाई अर्कै केटा सँग देख्यो ...स्वास्नी : "हिजो राती निन्द्रामा तिमी मलाई गाली गर्दै थियौ नि!"लोग्ने : "तिमीलाई भ्रम पर्यो जस्तो छ।"स्वास्नी : "कस्तो भ्रम??"लोग्ने : "म निदाएको थिए भनेर!!"बाबु आमा र छोरा बजार घुमने क्रममा छोरालाई आईस्क्रिम किनीदिएछ र छोराले त्‍यो आईस्क्रिम खानै नपाई खसेछ छिटो-छिटो टिप्‍नखोज्‍दा आमा चाँहीले भनेछ :छि खसेको चिजलाई नटिप म अर्कै किनिदीउलाअनि एकछिनपछी हिड्‍दा हिड्‍दै बाबु चाही लडेछ हत्‍त पत्‍त आमाले उठाउन खोज्‍दा छोराले भनेछखसेको चिजलाई नउठानुस आमा म अर्कै बुबा खोजिदिउला ।तीन चार जना मध्ये दुई जना झगडा गरिरहेका थिए ।पहिलोले भन्दै थियो ,’ एक बक्सिङ्ग हानेर तेरो ६४ वटै दाँत भुँईमा खसाली दिन्छु ।झगडा नगरेको अर्कोले हाँस्दै प्याच भन्यो ,’मान्छेको पनि ६४ वटा दाँत हुन्छ र ??’‘चुप लाग !! त बिचमा बोल्छस् भन्ने थाहा भएर नै तेरो दाँत पनि अगाडीनै गनेको हो ।’ पहिलोले भन्यो ।

Sunday, February 14, 2010

तरिका नम्बर १@ My Computer मा Right Click गर्नुहोस् र properties मा जानुहोस् ।@ Advanced Tab भित्रको Performance सेक्सन भित्रको seetings मा क्लिक गर्नुहोस् ।@ Performance Dialog Box भित्र “Adjust for best performance” नामको रेडियो बटन Checkbox मा Tick लगाउनुहोस् ।@ ओके गर्नुहोस्, तपाईंले Rusult immediately हेर्नु हुनेछ ।तरिका नम्बर २विन्डोज Performance फास्ट गराउने यो तरिकामा तपाईंको कम्प्युटर स्टार्ट हुँदा खेरी तपाईंलाई थाहा नै नभई automatically run हुने प्रोग्रामहरु बन्द गर्नु हो । यस्ता धेरै application हरु computer स्टार्ट हुँदा Background (Sys Tray) मा Run भई राखेका हुन्छन जुन तपाईंले स्क्रीनको तल दाँया तिर Clock सँगै देख्न सक्नु हुन्छ । तपाईंले यस्ता आवश्यक नपर्ने Application हरु Close गर्नु भई आफ्नो Windows XP को Performance छिटो गराउन सक्नु हुन्छ । यसको लागि@ Start अनी Run मा क्लिक गर्नुहोस् ।@ त्यहा msconfig टाईप गर्नुहोस् र ओके अथवा Enter गर्नुहोस् । System Configuration utility window खुल्नेछ ।@ Startup Tab मा क्लिक गर्नुहोस् ।@ अब त्यहा आफुले कम्प्युटर स्टार्ट हुँदा शुरु नहोस् भन्ने चाहने Application हरुमा Uncheck गर्नुहोस् ।@ ओके गर्नुहोस् , तपाईंको काम लगभग सकियो ।@ त्यहा एउटा Dialog बक्स देखा पर्नेछ , Restart वा Exit without restart छान्नुहोस् ।@ जब तपाईंले restart गर्नु हुनेछ यो मेसेज देखा पर्नेछ ।@ Don't show this message मा चेक लगाएर ओके गर्नुहोस् ।तरिका नम्बर ३स्टेप १आफ्नो कम्प्युटरको Virtual Memory Increasing गरेर पनि windows XP लाई फास्ट गराइराख्न सक्नु हुन्छ । Hard Disk को Paging File एरियालाई Virtual Ram को रुपमा use गर्न सकिन्छ त्यसको लागि@ My Computer मा Right Click गर्नुहोस् र Properties मा क्लिक गर्नुहोस् ।@ अब यो location सम्म जानुहोस्Advanced > Performance > Settings > Advanced > Virtual Memory > Change@ तपाईंको कम्प्युटरको Virtual Memory सेक्सन खुल्यो , अब Idea लगाउने कुरा यो हो कि windows XP को pagefile लाई Drive C बाट अरु Drive मा Shift गर्ने हो ।यसको लागि@ Drive C को Pagefile लाई हटाउने र अरु Partition गरिएको Drive मा Shift गर्ने@ अरु कुनै Drive लाई छान्ने र Costam चेक बक्समा टिक लगाएर तपाईंले pagefile मा दिन चाहनु भएको Space Amount टाईप गर्ने ।स्टेप २कम्प्युटरको Welcome Music र अरु Alert Sound हरु सबै हटाउनेतपाईंले विश्वाश गर्नुहोस् या नगर्नुहोस् तपाईंको कम्प्युटरको धेरै भन्दा धेरै Momory "Alert Sound" हरुले खाइरहेको हुन्छ । र यदि तपाईंलाई आवश्यकता छैन भने Welcome Music र अरु Alert Sound हरुलाई disable गरेर आफ्नो कम्प्युटरको Memory लाई बचाउन सक्नु हुन्छ । त्यसको लागि@ Start मा क्लिक गन्रुहोस् र Control Pannel मा जानुहोस् ।@ Sounds and Audio Devices मा Double क्लिक गर्नुहोस् ।@ Sounds Tab भित्र जानुहोस् र Sound Scheme मा No Sound छानेर ओके गर्नुहोस् ।स्टेप ३network folder/printer automatic search लाई Disable गर्ने ।तपाईंको कम्प्युटरमा network places / folders /printer छ भने अबस्य पनि तपाईंको कम्प्युटरको धेरै मेमोरी यि फोल्डरहरु network palaces वा Printer सम्म पुग्न Search गर्दै खर्च भई राखेको हुन्छ । यदि तपाईंको कम्प्युटरमा network connection वा printer छैन भने राम्रो Idia यो option लाई Disable गरी दिने हुन्छ । यसको लागि@ My Computer मा Right Click गर्नुहोस् , Tools > Folder Option > View Tab मा क्लिक गर्नुहोस् ।@ "Automatically Search for network folders and printer" भन्नेको CheckBox मा Uncheck गरी दिनुहोस् र ओके गर्नुहोस् ।
2 COMMENT (आफ्नो कमेन्ट दिन यहाँ क्लिक गर्नु होला)

tips

ईन्टरनेटमा केही कुरा ब्राउज गर्दा समयको बचत गर्न सकिए धेरै राम्रो कुरा हो , आजकालको ब्राउजरहरुमा यस्तो केही सर्टकटको सुबिधा उपलब्ध छ जसको प्रयोग गरेर तपाईंले चाडै वेब पेज खोल्न र समयको बचत गर्न सक्नु हुन्छ । यहाँ यस्तै केहीटिप्सहरु दिने प्रयास गरिएको छ जुन तपाईंलाई काम लाग्न सक्छ ।
१ वेब पेजमा आफुले चाहेको शब्द कसरी खोज्ने
यहाँ सर्च ईन्जिनको बारेमा कुरा गर्न खोजेको होइन , जब तपाईं कुनै वेब पेज भित्र हुनु हुन्छ तपाईंले Edit मेनु मा गएर find on this page गरेर वा Ctrl+F थिचेर उक्त वेब पेजमा आफुलाई चाहिएको शब्द टाईप गरेर खोज्न सक्नु हुन्छ । तपाईंले Ctrl+F थिचेर त्यहा शब्द टाईप गरेर Enter थिचे पछि उक्त शब्द र पछि Enter Enter थिच्दै जादा त्यो शब्द सँग मिल्ने अरु पनि highlight हुँदै जान्छन । वास्तवमा यो एउटा सजिलो उपाए हो ।
२ वेब पेजको लिन्कहरुलाई खोल्दा open in new window मा खोल्ने गर्नुस्हामी सबैलाई यो थाहा छ कि बेब पेजमा भएको लिन्कमा क्लिक गर्दा उक्त लिन्क सँग सम्बन्धित नयाँ पेजमा लैजान्छ । यहाँ समस्या यो हुन सक्छ कि तपाईंले खोल्नु भएको मुल पेजको लिन्कहरुमा क्लिक गर्दै जादा मुल पेज हराउन सक्छ । हुन त ब्राउजरको History मा गएर त्यो पेजलाई फेरी फर्काउन त सकिन्छ तर तपाईंको समय यसले धेरै लिन्छ । त्यसैले मुल पेज पछि त्यसमा भएको अर्को पेजको लिन्क खोल्नु पर्दा उक्त लिन्क मा माउसको Right क्लिक गरेर open in new window मा क्लिक वा Ctrl थिचेर उक्त नयाँ लिन्कमा क्लिक गर्दा अर्को पेजमा उक्त लिन्कको पेज खुल्नेछ र तपाईंको मुल पेज सुरक्षित हुन्छ ।
३ वेब Address टाईप गर्ने सर्टकट तपाईंले Internet Explorer वा Firefox खोलेर Address बारमा कुनै साईटको Url Address टाईप गर्न सक्नु हुन्छ तर address बारमा माउस लगेर क्लिक गर्नु भन्दा छिटो तपाईंले कि बोर्डको सर्ट्कटको प्रयोग गरेर त्यही काम गर्न सक्नु हुन्छ । Ctrl+L थिच्नुस् र Open भएको बक्समा तपाईंले खोल्न चाहनु भएको पेजको Address टाईप गर्नुस् ।
४ वेब पेजको आकारवेब पेजहरुको आकार डिजाईन अनुसार फरक फरक हुन्छ । कुनै कुनै पेज तपाईंको ब्राउजर सँग साइज नमिलेर आकार सानो ( अक्षर सानो ) भएर पढ्न असजिलो हुन सक्छ त्यसैले तपाईंले Ctrl प्रेस गरेर माउसको Scroll कि लाई तल माथि घुमाएर पेजको आकार परिवर्तन गर्न सक्नु हुन्छ ।
५ वेब पेजलाई Maximize गर्नेवेब पेज खुल्दा माथि धेरै बारहरु जस्तै Toolbar , bookmarks bar , tabs and menu items वा कहिले काही वेब पेजका धेरै Content हरु हुन्छन । हुन त scrool bar लाई तल माथि गरेर तपाईंले हेर्न सक्नु हुन्छ तर कहिले काही स्क्रीनमा ठाउँ नभएर सबै नदेखिन सक्छ यसको लागि तपाईंले F11 कि थिचेर पेजलाई Maximize गर्न सक्नु हुन्छ र फेरी F11 कि नै थिचेर पेजलाई पहिलेकै अवस्थामा फर्काउन सकिन्छ । यो उपाए पनि तपाईंलाई उपयोगी हुन सक्छ ।
६ Right click गर्न नबिर्सिनुहोस्Right click गरेर तपाईंले पेजको धेरै उपयोगी Tools गरु प्रयोग गर्न सक्नु हुन्छ जस्तै Refresh , Save Target As , Print , Back आदी । यो option हरु ब्राउजर अनुसार फरक फरक हुन सक्छ तर त्यहा तपाईंलाई उपयोगी धेरै Shortcuts हरु हुन्छ । त्यसैले यो option लाई अबस्य पनि Try गर्नुहोस् ।तपाईंले ब्राउजर चलाऊदा यि केही Tips हरुलाई प्रयोग गर्नेबानी गर्नु भयो भने अबस्य पनि तपाईंले केही समयको बचत गर्न सक्नु हुनेछ । तपाईंले चलाऊनु भएको ब्राउजर सम्बन्धी अरु पनि धेरै टिप्सहरु उक्त ब्राउजरको Help tab मा गएर हेर्न सक्नु हुन्छ ।

hi sathi haru tpai haru ko lagi yo yeuta sajilo web site ho